नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रचण्डको मति सप्रिन्छ कि भनेर प्रधानमन्त्री बनाएँ सुधार्न सकिएन: अध्यक्ष ओली
काठमार्डौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुधार्न खोजेको तर नसकेको बताएका छन् ।
अर्घाखाँचीमा मिसन ग्रासरुट अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बनाएको भोलिपल्टैबाट प्रचण्डको चालमाल ठिक नभएको बताए ।
‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन,’ अध्यक्ष ओलीले भने ।