बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

फेरि सुनको भाउ बढ्यो, ताेलाकाे कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन सोमबार तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । उक्त सुन तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।