यी हुन् सरकारले राजपत्रमा नाम प्रकाशित गरेका ८ हजार ३७१ शहीद

काठमाडाैं । सरकारले माओवादी सशस्त्र विद्रोह र विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका आठ हजार ३७१ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरेको छ।

मन्त्रिपरिषद्को गत फागुन १५ गते बसेको बैठकले सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म ज्यान गुमाएका व्यक्तिको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार, आठ हजार ३७१ जना शहीदको नाम राजपत्रमा प्रकाशित भएको हो।

सरकारको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदको अभिलेख माग गरेको थियो। सबै जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदको नामावली राजपत्रमा प्रकाशित भएको जनाइएको छ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा शहादत प्राप्त गर्ने देहायका व्यक्तिहरूलाई सम्मानस्वरूप नेपाल सरकारले देहायका मितिमा शहीद घोषणा गर्ने निर्णय गरेकोले नेपाल सरकारको मिति २०७९/११/१५ को निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ।’

राजपत्रमा प्रकाशित आठ हजार ३७१ शहीदको नामावली:

Leave a Reply

Your email address will not be published. Required fields are marked *