नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

शिक्षक सेवा आयोग : प्रावि तहको विज्ञापन खुल्दै
काठमाडाैं । प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले चैत्र पहिलो हप्ता मात्र विज्ञापन गर्ने भएको छ । प्राविधिक कठिनाइका कारण खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन वार्षिक कार्यतालिका भन्दा केही दिनपछि हुने भएको हो ।
आयोगले जारी गरेको बार्षिक कार्यतालिकामा फागुनमा प्राविको विज्ञापन गर्ने उल्लेख भए पनि प्राविधिक कठिनाइका कारण प्राविको विज्ञापन चैत्र पहिलो हप्ता मात्र गरिने आयोगले जानकारी दियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।