हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न गृहकार्य भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताइरहेका छन् ।
काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमका प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको तथ्यलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवन उपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको पनि बताए ।