गठबन्धनबाट रामसहाय यादवले दिए उम्मेदवारी

काठमाडाैं । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का सांसद रामसहाय यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हुन्। उनी प्रतिनिधि सभामा जसपाको संसदीय दलको नेता हुन्।

उनको प्रस्तावकमा गठबन्धनमा रहेका प्रमुख दलका सांसद छन्। यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन् ।

यसअघि नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्। उनी एमाले उपाध्यक्ष एवं बागमती प्रदेशको पूर्व मुख्यमन्त्री हुन्।

त्यस्तै, जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेकी छन्। उनी जसपाको सप्तरी जिल्ला इन्चार्ज हुन्।

निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ९ देखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ताका समयत तोकेको छ। उपराष्ट्रपतिका लागि चैत ३ गते निर्वाचन हुनेछ।

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको उम्मेदवारी दर्ता 

जनता समाजवादी पार्टी (जसपा)बाट सांसद प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्।

शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दिएकी हुन्। उनी राष्ट्रिय सभा सदस्य हुन्।

यसअघि जसपाकै तर्फबाट सांसद रामसहाय यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। उनी प्रतिनिधि सभामा जसपाका संसदीय दलका नेता हुन्।

त्यस्तै, नेकपा (एमाले) बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ९ देखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ताका समयत तोकेको छ। उपराष्ट्रपतिका लागि चैत ३ गते निर्वाचन हुनेछ।

जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता 

जनमत पार्टीकी नेत्री ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्।

शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी जनमत पार्टीको सप्तरी जिल्ला इञ्जार्ज हुन्।

जनमत पार्टीको फागुन २६ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *