What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले दिइन् उम्मेदवारी
काठमाडाैं । नेकपा (एमाले) बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी दिएकी हुन्। उनी बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री हुन्।
शाक्यको प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। त्यस्तै, समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल छन्।
एमाले अध्यक्ष ओली, उपाध्यक्ष नेम्वाङ लगायत नेताहरूसँगै उपाध्यक्ष शाक्य उम्मेदवारी दिन ल्होत्से हल पुगेकी थिइन्। आजै बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ९ देखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ताका समयत तोकेको छ। उपराष्ट्रपतिका लागि चैत ३ गते निर्वाचन हुनेछ।