बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छुः पल शाह
काठमाडौं । जबरजस्ती करणीको आरोपमा जेल परेल एकवर्षपछि सफाइ पाएर रिहाइ भएका अभिनेता पल शाहले आफू फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् ।
सोमबार होली पर्वको शुभकामना व्यक्त गर्दै उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् ।
‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले भनेका छन्, ‘साथै मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’