नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आज तराई-मधेशमा होली मनाइँदै
काठमाडाैं । फागु पूर्णिमा अर्थात होली पर्व आज तराई-मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ।
तराई-मधेशका जिल्लामा आज एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर होली मनाइँदै छ। फागुन २३ गते हिमाली एवं पहाडी जिल्लामा होली पर्व मनाइएको थियो।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ। त्यस्तै, यसलाई पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा मनाउने प्रचलन पनि छ।
होलीका लागि आज तराई-मधेशका जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ।