What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमसीसी मातहतको आयोजनाका लागि यी तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू (सूचीसहित)
What To Know
- .
अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू भएको छ।
एमसीए नेपालले मंगलबार सूचना प्रकाशित गरी धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरू भएको जनाएको छ। यसका लागि तीनै जिल्लाका विभिन्न स्थानीय तहमा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्न प्राविधिक टोली खटिने जनाएको छ।
सूचना प्रकाशित भएको तीन दिनपछि प्राविधिक टोली गाउँमा पुग्ने एमसीए नेपालले जनाएको छ। यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गाप्राप्तिको कार्य अगाडि बढाउने निर्णय भइसकेको जनाएको छ।
अहिले तीनै जिल्लामा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया शुरू गर्न लागिएको हो। जग्गाप्राप्तिपछि निर्माणको काम शुरू हुनेछ।
कुन जिल्लामा कहाँ लिइँदै छ जग्गा?









