नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सर्वोच्चमा दर्ता भयो प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्वपीडितहरूको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो। पेशी बिहीबारलाई तोकिएको अदालतले जनाएको छ। गत कात्तिक २४ मा दरपीठ भएको रिट सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको फागुन १९ को आदेशपछि दर्ता भएको हो।
निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन्। दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा १७ हजारमध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।
दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाईं, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङ्जाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन्।
त्यस्तै, अर्को रिटका निवेदकहरूमा कल्याण बुढाथोकी (रामेछाप), कमला राई तिमल्सेना (भोजपुर), विनोद सापकोटा (गोरखा), हुमराज दवाडी (लमजुङ), पम्फा बुढाथोकी (रामेछाप), शिवकुमार बुढाथोकी (रामेछाप), सुवास गिरी (रामेछाप) र चिरञ्जीवीवास गिरी (धनुषा) छन्।