गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

मृत्युअघि मानिसलाई देखिन्छन् यी संकेत, के भन्छ गरुड पुराण !
मृत्युको संकेत: हिन्दू धर्मका सबै १८ पुराणहरूमा गरुड पुराणको धेरै महत्व छ। यसमा भगवान विष्णु र उनको वाहन गरुड बीचको कुराकानीको वर्णन गरिएको छ। यस पुराणमा मृत्युको रहस्य र त्यसको परिणामको बारेमा विस्तृत जानकारी दिइएको छ ।
यो पुराण कसैको मृत्यु पछि मात्र पढिन्छ। यसमा स्वर्ग, नर्क, पाप, पुण्य ज्ञान, नीति, नियम, धर्म आदि वस्तुको वर्णन पाइन्छ। गरुड पुराणमा भनिएको छ कि जब कसैको मृत्यु हुन जान्छ, त्यो भन्दा पहिले उसलाई केहि विशेष संकेत मिल्न थाल्छ।
मानिस मर्नुअघि नै पुरानो जीवन सम्झन थाल्छ। उसले गरेका सबै नराम्रा राम्रा कामहरु सम्झिन थाल्छन् । उसले चाहेर पनि यी सम्झनाहरूलाई रोक्न सक्दैन। यस्तो अवस्थामा उनको मन अशान्त हुन थाल्छ ।
गरुड पुराणमा भनिएको छ कि जब मानिसको मृत्यु हुन्छ तब उसलाई रहस्यमय ढोका देखिन थाल्छ । कसैले ज्वाला देख्छन् र कसैले उज्यालो देख्छन्। यी संकेतहरूले उनको मृत्यु नजिकै भएको देखाउँछ।