What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो। बिहीबार सुन छापावाल प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको छ।






