सांसद चन्द्र भण्डारीकी आमाको उपचारका क्रममा निधन

काठमाडौँ । ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् ।

अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हाव र धुँवाका कारणले जलन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उनकाे सचिवालयले जनाएकाे छ ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *