दिलभुषण पाठकले फर्काए रविलाई चुनाैतिसहितकाे जवाफ !

काठमाडाैं । पत्रकार दिलभुषण पाठकले आफ्नो ३० वर्षे पत्रकारितामा सत्यता नभएको वा गलत सूचना प्रवाह भएको एउटै समाचार भए देखाउन रवि लामिछानेलाई चुनौती दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेर नामै तोकेर पापीको संज्ञा दिएपछि पत्रकार पाठकले माघ २४ गते लामिछानेलाई यस्तो चुनौति दिएका हुन्। उनले भनेका छन्, “मेरो पत्रकारितालाई लिएर आजसम्म प्रेस काउन्सिल वा कुनै न्यायिक निकायमा एउटा पनि उजुरी वा मुद्दा परेको छैन। सत्यता नभएको वा गलत सूचना प्रवाह भएको एउटा पनि घट्ना देखाउन चुनौती दिन्छु।”

लामिछानेको नाम उल्लेख नगरी पाठकले भनेका छन्, “तपाईप्रति वा कसैप्रति खराब नियत राखी तितो बोलेको, अशिष्ट भएको, मानमर्दन गरेको कुनै एउटा प्रमाण छ भने देखाईदिनु होला। अन्यथा कृपया आफ्नो काममा दत्तचित्त एउटा श्रमजीवी सञ्चारकर्मीलाई जबरजस्ती विवादमा ल्याउने काम नगर्नुहोला।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *