एसिया कप छनोट: ओमानबिरूद्ध नेपालकाे लज्जास्पद हार

What To Know

  • काठमाडौँ । एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो । अोमानका लागि खावर अलीले नटअाउट ८४ तथा जिसन माेक्सुदले नटअाउट ४५ रन जोडे।.
  • नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ। यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो। फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो।.

काठमाडौँ । एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो । अोमानका लागि खावर अलीले नटअाउट ८४ तथा जिसन माेक्सुदले नटअाउट ४५ रन जोडे।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट घुमाएर २२२ रन बनाएको थियो। यस्तैज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन र आरिफ शेखले ७४ बलमा ३६ रन बनाएका थिए।

६ टोली सम्मिलित प्रतियोगिताको विजेता दुई सातापछि संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ। यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो। फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो।

डिभिजन २ मा नेपालमाथि ओमानले ६ विकेटको विजय हात पारेको थियो। ओमानसँगको पराजय नेपाललाई राम्रो सबक बन्यो। त्यस प्रतियोगितामा नेपालले बाँकीको खेल जित्दै विश्वकप छनोटमा सहभागी हुँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्यो। ओमान भने नामिबियाको त्यही प्रतियोगिताबाट रेलिगेसनमा पर्दै डिभिजन ३ मा झरेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *