यी हुन् संसारका ९ अालिशान जेल जुन तारे हाेटल भन्दा कम छैनन्

काठमाडाैँ । जेल भन्ने बित्तिकै कालाे, अभ्याराे अब्यवस्थित नराम्राे दृश्य अाउँछ । अझ हाम्राे नेपालमा त झन् क्षमता भन्दा तीन चार गुणा बढी अपराधिहरूलार्इ काेचिएकाे खानेपानी, साैचालयकाे राम्राे ब्यवस्था नभएका छन् । तर संसारमा केही यस्ता जेल छन् जुन कुनै पाँच तारे हाेटलकाे सेवा सुविधा भन्दा कम छैनन् ।

1-बैस्टोय जेल, नर्वे-

बोस्टोय द्वीपस्थित यस जेलमा  एक सय भन्दा धेरै कैदी रहेका छन् । यस जेलमा कैदीहरूका लागि टेनिस, हर्स राइडिङ, फिसिङ, सनवाथिङ, प्रिजन कम्प्लेक्स जस्ता सुविधाहरू उपलब्ध छन् ।  खेती गर्नका लागि फार्म तथा बस्नका लागि कटेज पनि रहेकाे छ ।

2-एचएमपी एटिवेल,  स्कटल्याण्ड 
यहाँ लगभग ७०० कैदी रहन्छन् । याे जेलमा कैदीहरूलार्इ सामान्य जीवनमा फर्काउन वा सक्षम एवं सभ्य नागरिक बनाउन पूरा प्रयास गरिन्छ । यहाँकाे सेवा सुबिधा पनि कुनै हाेटलकाे भन्दा कम  छैन ।

3-ओटैगो करेक्शन्स फ्यासिलिटी, न्यूजील्याण्ड

याे जेलकाे सुरक्षा ब्यवस्था कडा छ । तर यहाँ कैदीहरूलार्इ बस्न काेठा उपलब्ध गराइएकाे हुन्छ ।   न्युजिल्याण्डकाे याे जेलमा फार्मिङ, कुकिङ, लाइट इन्जिनियरिंग जस्ता काममा दक्ष बनाउनका लागि तालिमकाे ब्यवस्था पनि गरिन्छ ।

4-जस्टिस सेंटर लेबेन, अस्ट्रिया-

याे जेल जघन्यअपराध नगर्नेहरूका लागि हाे । जस्टसिस सेन्टरमा सबै कैदीकाे लागि सिंगलसेलमा राखिन्छ । जसमा प्राइवेट वाथरूम, किचन र टीभी उपलब्ध गराइएककाे हुन्छ । कैदीका लागि जिम तथा बास्केट बल काेर्ट पनि रहेकाे छ  ।

5- अरेंजुएज प्रिजन, स्पेन-

यस जेलमा कैदीहरूलार्इ उनका बच्चाहरूका साथमा रहने सुबिधा दिइएकाे हुन्छ । यहाँका अन्य सेवा सुबिधाहरू पनि निकै राम्राे छ  ।

6- चेंप-डलन प्रिजन, स्विटजरल्याण्ड

कैदीहरूकाे भारी सङ्ख्याका लागि बदनाम भएकाे याे जेल अहिले कुनै हाेस्टेल भन्दा कम छैन ।  अहिले त्यहाँकाे ब्यवस्थापन सुधार गरेर निकै राम्राे बनार्इएकाे छ ।

7- जेवीए फुइसबटेल प्रिजन, जर्मनी-

हम्बर्गकाे याे जेलमा कैदीहरूकाे बेड, काउच, प्राइवेट शावर तथा ट्वाइलेट जस्ता सुबिधा दिइन्छ । कैदीहरूका लागि यहाँ लैण्ड्री मेसिन तथा कन्फ्रेन्स रूप पनि रहेकाे छ ।

8 बैस्टोय जेल, नर्वे

याे इकाे ह्यूमन प्रिजन बनाउने प्रयासमा रहेकाे छ ।

हैल्देन प्रिजन, नर्वे

हैल्देन प्रिजनलार्इ संसारकाे सबैभन्दा मानवीय जेल’ बताइन्छ , यहाँ हरेक कैदीहरूकाे प्राइवेसी छ । कैदी टीभी शाे, मूभी तथा गेम्स सजाय दिइन्छ ।  जिम, म्यूजिक रिकर्डिंग फेसिलिटी समेत  उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *