ओँठलाई गुलाबी एवं सुन्दर बनाउने सरल तरिका

एजेन्सी । गुलाबी ओठ सबैलाई मन पर्छ, तर अधिकांश महिलाहरु कालो ओठको समस्या झेलीरहेका छन् । जीवनशैली, गलत खानपान, दैनिक लिपस्टिकको प्रयोग, धुम्रपान र अन्य कारणले ओठ कालो हुन्छ । कालो ओठले सम्पूर्ण अनुहारको सौन्दर्यतालाई नै बिगार्छ ।

कालो ओठलाई गुलाबी र नरम बनाउनका लागि ब्युटिशियनहरुले केही टिप्स दिएका छन् ।

ब्युटिशियनहरुका अनुसार तपाई टुथब्रसले दाँत जस्तै ओठ पनि सफा गर्न सक्नुहुन्छ । यसका लागि सफा टुथब्रसले हलुका आफ्नो ओठलाई दैनिक सफा गर्नुहोस् ।

ओठको स्याहारका लागि तपाई ग्लिसरिन र नींबूलाई मिसाएर एउटा बोतलमा राख्न सक्नुहुन्छ । दैनिक त्यसलाई लगाउनुहोस् केही दिनमै तपाईको ओठको कालोपना जान्छ ।

चिनी र नींबूले ओठलाई मसाज गर्दा ओठ पुरानो रंगमा फर्कन्छ ।

नरम र गुलाबी ओठका लागि तपाई चुकन्दर प्रयोग गर्न सक्नुहुन्छ । यसले विस्तारै ओठको कालोपना हटाएर गुलाबी रंग बसाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *