हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
दिनदिनै महंगिदै गएकाे सुनको भाउ ८ दिनपछि सस्तियाे
काठमाडाैं । लगातार महंगिदै गएको सुनको भाउ ८ दिनपछि सस्तिएको छ । पुस २२ गते शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो । पुस १४ गते सामान्य घटेको सुन त्यसयता लगातार वृद्धि भएको थियो ।
आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ ।
बिहीबार सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँ पुगेको थियो । पुस महिनामा मात्र सुन २ हजार ४०० रुपैयाँले बढेको हो ।
यसैगरी, चाँदीको मूल्य भने लगातार तेश्रो दिन गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएर एक हजार ३६५ रुपैयाँमा कारोबार भइरेहको छ ।
अघिल्लो कारोबार दिन, पनि चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।