काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
निराकर पाण्डेको शव नेपाल ल्याउने खर्च सरकारले ब्यहोर्ने
काठमाडौं । कम्बोडियमा आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव सरकारले नै नेपाल झिकाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको शव नेपाल ल्याउन सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निराकरका बुबालाई मन्त्रालयमै बोलाएर निराकरको शव नेपाल ल्याउन पहल गर्ने आश्वासन दिएका थिए
कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा आगलागी हुँदा बच्नका लागि १२ तलाबाट हाम फालेका ४० वर्षीय निराकरको मृत्यु भएको थियो ।






