हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सीट हासिल गरेको दलका हैसियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हुन्छ,’
कांग्रेसको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरू लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ।’
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा गठित समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन्।
यससँगै कांग्रेस बैठकले प्रदेशमा संसदीय दलको नेता चयन प्रक्रिया प्रारम्भ गर्न पनि सातै प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ। कांग्रेसको निर्णयमा भनिएको छ,
‘नेपाली कांग्रेसको विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचन सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देशन गर्ने।’
प्रदेशमा सरकार गठनका लागि केन्द्रसँग समन्वय गर्न भनिएको छ। ‘प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसँग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देशन गर्ने,’ कांग्रेस निर्णयमा भनिएको छ।