गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…
निगमले बल्ल घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम हुने भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।
यसबीचमा भारतीय आयल कर्पोरेशनले पटक–पटक मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले घाटा देखाउँदै मूल्य समायोजनमा आनाकानी गर्दै आएको थियो ।
पछिल्लोपटक शुक्रबार भारतीय आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै नेपालमा थोरै मूल्य घटाइएको हो ।