भारतीय प्रधानमन्त्री माेदीसँग हुँदैछ यी दुईवटा छुट्टै सम्झौता

काठमाडौँ । आगामी १४ र १५  गते काठमाडाैँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुने भएका छन् । रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले जानकारी दिनुभयाे ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित कार्यक्रममा उक्त सम्झौता हुने बताइएकाे छ । बिमस्टेक बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञावलीले यसबारेमा मजानकारी गराउनुभएकाे हाे ।

मन्त्री ज्ञवालीले बिमस्टेक सम्मेलनकाे सबै तयारी पुरा भएको बताउनुभएकाे छ । उहाँका अनुसार बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले बैठकमा आउने निधो गरी नेपाललाई जानकारी पठाइसकेका छन्।

बैठकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति राष्ट्रपति मैथ्रिपाला सिरीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री वीन मिन्ट, भुटानका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने भएका छन् ।

श्रीलंकका राष्ट्रपती मैथ्रिपाला र म्यानमारका प्रधानमन्त्री वीन मिन्ट लुम्बिनी भ्रमणमा जाने कार्यतालिका तय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *