गीतमा दग्नाम गाउँकाे परिचय (भिडियाेसहित)

काठमाडौ । म्याग्दीकाे दग्नाम गाउँकाे परिचय समेटिएकाे लाेक गीत हाम्राे दग्नाम गाउँ गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै  मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा साेमबार युट्युव मार्फत उक्त गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे ।

 गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाको  स्वर रहेकाे गीतकाे शब्द सिर्जना  खिम गर्बुजा र नमुना गर्बुजाले गरेका हुन् ।  यस  गीतमा आँसु लामाको संगीत रहेको छ । धाैलागिरी सेराेफेराे र दग्नाम गाउँमा तयार पारिएकाे म्युजिक भिडियाेकाे छायांकन  करन चैसिरले गरेका हुन् भने  निर्देशन  पुष्कर बिबेक थापाले गरेका छन् ।


भिडियाेमा  धौलागिरि हिमाल अासपासमा रहेका प्राकृतिक मनोरम दृश्य  र विशेष गरी रघुगंगा गाउँपालिका दग्नाम गाउँको शुन्दरतालाई देखाउन खोजिएको छ । दग्नाममा विशेष गरी बैशाखमा नांगी देवी र जेठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ साथै यही अवसरमा लिङ्गो जुधाउने पर्व पनि धुमधामले मनाउने गरिन्छ । उक्त माैलिक एवं सांस्कृतिक दृश्यलार्इ पनि भिडियाेमा समेटिएकाे छ ।

हेर्नुहाेस् हाम्रो दगनाम गाउँकाे पूरा भिडियाे –

Leave a Reply

Your email address will not be published. Required fields are marked *