What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कैलाली-१ बाट उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ निर्वाचित
What To Know
- कैलाली १ ‘क’ र ‘ख’ मा पनि उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। कैलाली १ ‘क’मा कैलाश चौधरी निर्वाचित भएका छन्। उनले १५ हजार १०१ मत पाए भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार ३७७ मत पाए।.
काठमाडाैं । कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। श्रेष्ठले ३० हजार ४०४ मत पाइन् भने चौधरीले १८ हजार ८१ मत पाए।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार तपेन्द्रबहादुर रावल तेस्रो स्थानमा रहे। उनले पाँच हजार ९१० मत पाए।
एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो। जसमा तीन हजार २६८ मत बदर भएको छ।
कैलाली १ ‘क’ र ‘ख’ मा पनि उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। कैलाली १ ‘क’मा कैलाश चौधरी निर्वाचित भएका छन्। उनले १५ हजार १०१ मत पाए भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार ३७७ मत पाए।
त्यस्तै, कैलाली १ ‘ख’मा लक्ष्मण किशोर चौधरी निर्वाचित भए। उनले ११ हजार ३१७ मत पाए भने कांग्रेसका रणबहादुर रावलले आठ हजार ५३ मत पाए।