जर्मनीविरुद्ध जापानको ऐतिहासिक जित

काठमाडाैं । जर्मनीविरुद्ध खेलको अन्तिम सयमतिर आठ मिनेटको अन्तरालमा दुई गोल गर्दै जापानले विश्वकपमा ऐतिहासिक जित हासिल गरेको छ।

बुधबार राति भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। जापानले पहिलो विश्वकपमा जर्मनीलाई हराएको हो।

जापानले सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। यस पटक भने लिग चरणको पहिलो खेलमै चार पकटको विश्वकप विजेता जर्मनीलाई हराएर सनसनी मच्चाएको छ।

खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै जर्मनीले अग्रता लिएको थियो। जर्मनीका लागि खेलको ३३औं मिनेटमा इकाय गुन्डोगनले गोल गरेका थिए।

दोस्रो हाफमा भने जर्मनीले रक्षात्मक देखिएको थियो। खेलको अन्तिम समयतिर जापानले आक्रमक देखिएको थियो।

जापानका लागि खेलको ७५औं मिनेटमा रित्सु डोआनले रिबाउन्डमा गोल गरे। त्यसको लगत्तै ८३औं मिनेटमा ताकुमा आसानोले जापानलाई अग्रता दिलाए। त्यसपछि जर्मनीले प्रयास गरे पनि गोल गर्न सकेन।

मंसीर ६ गतेको खेलमा पनि साउद अरबले अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो। साउदी अरबले अर्जेन्टिनालाई हराएको चर्चा नसेलाउँदै जापानले जर्मनीलाई हराएर विश्वकपमा सनसनी मच्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *