समानुपातिकमा घन्टीले कटायो १ लाख मत, एमालेको अग्रता कायमै

काठमाडाैं । प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ।

७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २२१६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १९८७६९ (२५.४४ प्रतिशत) मत पाएको छ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १०१७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ।

चौथो स्थानमा रहेको माओवादीले ९२१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९०१ मत ( ६.६४ प्रतिशत) मत पाएको छ। जनता समाजवादी पार्टीले १६८५६ (२.१ प्रतिशत) मत पाएको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १६१७६, नेपाल मजदुर किसान पार्टी १३६१७, नेकपा (एकीकृत समाजवादी) ११९५६, नागरिक उन्मुक्ति पार्टी १०४६८ मत पाएको छ। अन्य दलहरूले ४६०३६ मत पाएका छन्।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *