हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
समानुपातिकमा एमालेले कटायो दुई लाख‚ कसको कति?
काठमाडाैं । प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। बुधबार बिहानसम्म एमालेले दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छ।
यस्तै‚ नेपाली कांग्रेसले एक लाख ९६ हजार ३८१ ल्याउँदै दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख एक हजार ३०३ प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
एकल चिह्न रहेको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ९१ हजार १७९ मत प्राप्त गरी चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७४१ प्राप्त गरी पाँचौं स्थानमा रहेको छ।
कसको मत कति?
नेकपा (एमाले)- २‚१८‚७४८
नेपाली कांग्रेस- १‚९६‚३८१
राष्ट्रिय स्वतन्त्र पार्टी- १‚०१‚३०३
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी- ९१‚१७९
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५१‚७४१
जनता समाजवादी पार्टी- १६‚६०५
जनमत पार्टी- १५‚९०३
नेपाल मजदुर किसान पार्टी- १३‚६१३
नेकपा (एकीकृत समाजवादी)- ११‚९२८
नागरिक उन्मुक्ति पार्टी- १०‚१९२