What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडौं १ बाट कांग्रेसका सिंह निर्वाचित
काठमाडाैं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्। उनले ७ हजार १३९ मत प्राप्त गरेका छन्।
मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन। २०७४ को चुनावमा यही क्षेत्रमा सिंहसँग मिश्र ८१८ मतले पराजित भएका थिए।






