हाम्रो मुख्य सवाल दीगो विकास र रोजगारी हो : प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का प्रत्यक्ष उम्मेदवार प्रदीप पौडेलले दीगो विकास र रोजगारी मुख्य सवाल रहेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ६ मा आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनपछि राजनीतिक अवस्थालाई परिवर्तन गरेर सुव्यवस्था कायम गर्ने, दीगो विकास र स्वदेशमै रोजगारी लगायतका सवाल मुख्य हुने बताउनुभएको हो।

पौडेलले भन्नुभयो, “आजको मुख्य सवाल हो बिग्रदो राजनीतिक अवस्थालाई परिवर्तन गरेर सुव्यवस्था कायम गर्नु। आजको मुख्य सवाल दीगो विकास र स्वदेशमै रोजगारी हो।”

उहाँले नेताहरुले राजनीतिमा के कति काम गरे भन्ने कुरा जनताको मन जित्न सक्यौं वा सकेनौं भन्ने विषयले निर्धारण गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “काम गर्न कसले सक्छ त्यो तपाईंले हेर्ने विषय हो, कसको प्रतिवद्धता के थियो र कति पूरा भयो भन्ने आधारमा मूल्याङ्कन गर्ने हो। उसले उठाएका मुद्दा के कस्ता छन्, हामीले त्यो हेर्ने हो।”

त्यसैगरी, बालबालिकाको लागि राम्रो शिक्षा, युवाको लागि रोजगारी र वृद्धवृद्धाका लागि राम्रो स्याहारको व्यवस्थासहितको प्रतिबद्वतासमेत व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *