काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…

धरानको समस्या समाधान गर्न एमाले सरकार आवश्यक : अध्यक्ष ओली
धरान (सुनसरी) । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ ।
धरानमा शुक्रबार भएको एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानको प्रमुख समस्याको रूपमा रहेको खानेपानीलाई दीर्घकालीन समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताउनुभएको हो । धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसर रहेको उहाँको भनाइ छ ।
कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, एमालेको सरकार चाहिन्छ’ ओलीले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री ओलीले धरान वडा –५ को देउराली बस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बोसवासीलाई धनिपूर्जा दिइने बताउनुभयो । एमाले र जसपाको तालमेल भएको हुनाले सुनसरी १ मा अशोक राईलाई एमालेले भोट दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले जसपासँग राष्ट्रिय आवश्यकताका लागि तालमेल गरेको बताउनुभयो । स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरूले विभिन्न नाममा चलखेल गरिरहेकाले जनता चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।