एमालेको घोषाणापत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सपना, मन्त्र, वाचा, अवसर, प्रतिबद्धता, अठोट र प्रश्न समावेश गरेर २० हजार शब्दमा घोषाणापत्र लेखिएको एमालेले जनाएको छ ।

काठमाडौंको होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्दै संसद्को पहिलो अधिवेशनबाटै समृद्धिका लागि आवश्यक नीति तय गरिने जनाएको छ। त्यस्तै, नागरिकता समस्या समाधान गर्ने, गरीबी निवारण गर्ने लगायतका प्रतिबद्धता रहेका छन्।

नेकपा एमालेले निर्वाचन जितेर सरकार बनाएपछि जनतालाई पानी र बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

एमालेले आज मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘फ्रि मिटर : दश हजार लिटर’ र ‘फ्रि युनिट : ५० युनिट’ योजना अगाडि सारेको हो ।

‘फ्रि मिटर : दश हजार लिटर’अन्तर्गत आगामी दुई वर्षभित्र सबै परिवारमा आधारभूत पिउने पानीको सुविधा पुर्याउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने र फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने ग्यारेन्टीसहितको प्रतिबद्धता एमालेले जनाएको छ ।

त्यस्तै, ‘फ्रि युनिट : ५० युनिट’ योजनाअन्तर्गत दुई वर्षमा विद्युत्मा सबैको पहुँच पुर्याउने, सबै परिवारलाई वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै, पाँच वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५०० मेगावाट पुर्याउने तथा प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याउने ग्यारेन्टी र प्रतिबद्धता पनि एमालेको घोषणापत्रमा गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ‘पाँच वर्ष : एमालेले गर्छ !’ शीर्षक दिएर तयार पारेको घोषणापत्र एमालेले आज मंगलबार सार्वजनिक गरेको हो । घोषणापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, रोजगारी र आयस्तरलाई केन्द्रमा राखेर २० वटा ग्यारेन्टी पनि गरेको छ ।

सोही ग्यारेन्टीमध्ये बिजुली र खानेपानी निःशुल्क उपलब्ध गराउने योजना एमालेले अगाडि सारेको हो ।

२० हजार शब्दमा लेखिएको घोषणापत्रमा के छ ? पढ्नुहोस् घोषणापत्रको पूर्णपाठ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *