नर्भस हुँदै सृष्टिले केपी ओलीलाई भनिन्– फेरि प्रधानमन्त्री भएको हेर्न सूर्यमा भोट हाल्दैछु (भिडिओ)

काठमाडौं । बीएससी नर्सिङ अध्ययन गरिरहेकी युवा विद्यार्थी सृष्टि पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीका रूपमा देख्ने इच्छा प्रकट गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केही दिनयता ‘कल केपी बा’ अभियान सुरू गरी नागरिकसँग प्रत्यक्ष कुराकानी गर्दै समस्या र सुझावहरू सङ्कलन गरिरहेका छन् ।

यसै सन्दर्भमा ओलीले आइतबार पहिलो फोन सृष्टि पाण्डेलाई गरेका थिए । गोलाप्रथाद्वारा पाण्डेको मोबाइल नम्बर छनोटमा परेको थियो ।

कुराकानीका क्रममा पाण्डेले भनिन्, ‘म अहिलेसम्म भन्नु पर्दाखेरि पहिल्यै भोटर भए पनि अहिलेसम्म कसैलाई भोट दिएको छैन । तर, भविष्यमा पनि यस्तै नै हुन्छ (गर्नुहुन्छ) भने सर मेरो पहिलो भोट अहिले म हजुरलाई साथ हुने तरिकाले यहाँलाई दिने भएँ ।’

उनले ओलीलाई आर्शीवाद समेत दिँदै भनिन्, ‘हजुरलाई आर्शीवाद छ । हजुर विजयी भएपछि पनि यसरी नै फोनमा आवाज सुन्न पाइयोस्, हजुर प्रधानमन्त्री भएपछि । अल द बेस्ट हजुरलाई अहिल्यै अग्रिम बधाई छ सर हजुरलाई ।’

कुराकानीकै क्रममा पाण्डेले केपी ओलीको ‘स्ट्रेन्थ’बाट आफू र आफूजस्ता लाखौं युवाहरू अत्यन्तै प्रभावित भएको बताएकी छिन् । ‘सर ! अनि हजुरले लिएको यो युवाहरूका लागि यति इम्प्रेसिभ कुरा अहिलेको इलेक्नस आउँदैछ भनेर मात्रै होइन पछि पनि यस्तै–यस्तै समस्या केही छ कि भनेर यसरी नै कम्युनिकेट गरिदिनुहोला,’

पाण्डेले ओलीसँगको कुराकानीमा भनिन्, ‘हुन त यत्तिका मान्छेसँग बोलेर कसरी भ्याउनुभएको होला । यस्तो उमेर छ, किड्नीको समस्या त्यस्तो । चुनाव नजिकिदै गर्दा गर्नुपर्ने कामहरू पनि धेरै होलान् । यस्तरी समय निकालेर बोल्नुभएको छ । अहिले मात्र होइन पछि–पछि पनि यसरी नै हामीसँग जोडिएर बस्नुपर्छ, जनातासँग, यसरी कुराहरू लिनुपर्छ ।’

केपी ओली जस्ता निडर व्यक्ति पुनः प्रधानमन्त्री भएको हेर्ने इच्छा उनले व्यक्त गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *