बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि
काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।
दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।