हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप
काठमाडाैं। पाँच पल्ट विश्व कप खेलिसकेको केन्यालाई उसैको घरेलु मैदानमा नेपालले एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको छ। साेमबार शृंखलाकाे तेस्राे खेलमा नेपाल ६ विकेटले विजयी भयाे।
नेपालले आज ब्याटिङमा आफ्नो दम देखायो। केन्याले पहिलो इनिङमा बनाएको २ सय ५५ रनलाई पछ्याउने क्रममा नेपालले १७ बल खेल्न बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतक बनाए। कप्तान रोहित पौडेलले अविजित ४६ रन बनाए ।
दाेस्रो इनिङ उत्कृष्ट सुरुवात गरेको नेपालका लागि अर्जुनले ५८, आसिफले ५६ रन बनाए। आसिफले पहिलो खेलमा सतक बनाएका थिए। वसिरले पनि ५२ रन बनाए। केन्याका भिराज पटेलले दुई विकेट लिए । शेम एनगोचे र याश तालातीले एक–एक विकेट बाँडे।
टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो। केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले। लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाए।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक–एक विकेट बाँडे। यसअघि नेपालले टि–२० शृंखला पनि आफ्नो हातमा पारेको थियो। उसले ५ खेलको शृंखला ३–२ ले जितेको थियो।