बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राजदूतस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन गरिने
काठमाडाैं । वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायुजन्य जोखिम न्यूनीकरणमा हातेमालो गर्दै एकअर्को देशमा भइरहेका ज्ञान र अनुभव आदानप्रदान गर्न पर्वतीय देशका राजदूत र सरोकारवाला संलग्न सम्मेलन हुने भएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवस अर्थात आगामी मङ्सिर २५ गते सम्मेलन गर्ने तयारी भएको वन तथा वातावरणमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्मेलनमा २० देशका राजदूत र विषयविज्ञ सहभागी हुने छन् ।
जलवायु परिवर्तनले पर्वतीय देशमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन नेपालमा राजदूतस्तरीय अन्तर्राष्ट्रिय जमघट गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
उक्त सम्मेलनका लागि परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग छलफल भएको तथा उहाँहरुले कार्यक्रम अघि बढाउन स्वीकृति दिनुभएको मन्त्रालयले जनाएको छ ।
पर्वतीय देशको प्रतिनिधित्व हुने गरी नेपालका लागि आवासीय र गैरआवासीय राजदूतलाई उक्त सम्मेलनमा सहभागी गराइने छ ।
उक्त जमघट आगामी फागुनमा मुस्ताङमा हुने पर्वतीय पैरवी सम्मेलनको पूर्व तयारीका रुपमा समेत सहयोगी बन्ने छ । विश्वव्यापी तापमान वृद्धिले उच्च भेगमा वर्षा, बाढी र हिमपातको प्रकृतिमा देखिएको परिवर्तन, कृषि, जनजीविकाका विविध पक्षसँग केन्द्रित रहेर आगामी फागुन अन्तिम साता मुस्ताङमा पर्वतीय सम्मेलन हुँदै छ ।