हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रदेश १ मा भोलि सार्वजनिक बिदा
विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि साेमबार बसेकाे प्रदेश २ काे मन्त्रिपरिषद बैठकले पनि बहर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।