हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !
काठमाडौँ । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो । तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन ।
बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो । ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए ।
उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ ग-यो । यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए । नयाँपत्रिकामा खबर छ ।