बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जबर्जस्ती करणी मुद्दामा उच्च अदालतबाट पनि महराले पाए सफाइ
काठमाडाैं । जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गरेकाे हाे ।
काठमाडाैं जिल्ला अदालतबाट सफाइ पाइसकेपछि उनको मुद्दा पाटन उच्च अदालत पाटन पुगेकाे थियाे ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेकाे अदालत स्राेतले जानकारी दियाे ।
महरा सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी गरेको भनी मुद्दा दायर भएको थियो ।
आराेप लागेपछि २०७६ असोज १४ गते उनले राजीनामा दिएका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसअघिका ५ महिना महरा पूर्पक्षका लागि कारागार बसेका थिए ।