What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

इजरायलमा मासिक दुई लाख कमाइ हुने ‘केयरगिभर’मा रोजगारीको अवसर, योग्यता के के चाहिन्छ ?
What To Know
- काठमाडौं । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ । केयरगिभरका लागि इजरायलले आवेदन खुलाएको हो । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट ferms.
- Np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।.
काठमाडौं । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ । केयरगिभरका लागि इजरायलले आवेदन खुलाएको हो । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ। मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ।
जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुनेछ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ। बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ।
– १ लाख ६५ हजार लागत खर्च, न्यूनतम तलब १६ सय डलर
– नेपालले सूची तयार गर्ने, कामदार इजरायलले छनोट गर्ने
केयरगिभरमा जान के–के योग्यता चाहिन्छ ?
– नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
– उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
– तौल ४५ केजी।
– शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
– अंग्रेजी भाषामा दक्ष।
– शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।