बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अशाेक दर्जीलार्इ घर हस्तान्तरण, कति लाग्याे निर्माण खर्च ?
काठमाडाैँ । मन बिनाकाे धन ठूलाे कि धन बिनाकाे मन बाेलकाे गीत गाएर एकाएक चर्चामा अाएका कलाकार अशाेक दर्जीलार्इ साेमबार घर हस्तान्तरण गरिएकाे छ । दमकमा अायाेजित एक भव्य समाराेहकाबीच हास्यकलाकार हरिवंश अाचार्य, पत्रकार ऋषि धमला लगाएतकाे उपस्थितिमा दर्जीलार्इ घरकाे साचाे प्रदान गरिएकाे हाे ।
गायक तथा संगीतकार टंक बुढाथाेकीकाे पहलमा उनका लागि घर निर्माण गरिएकाे हाे । नवनिर्मित दर्जीकाे घरकाे धुरीमा युट्युवकाे लाेगाे समेत राखिएकाे छ ।
कार्यक्रममा दर्जीकाे घर निर्माणमा लागेकाे खर्च विवरण समेत प्रस्तुत गरिएकाे थियाे । उनकाे घर निर्माणका लागि बिभिन्न माध्यमहरूबाट २८ लाख १५ हजार ३० रूपैँया उठेकाे छ भने भने खर्च २८ लाख ८५ हजार ८ सय ९५ रूपैयाँ भएकाे कार्यक्रममा डीजे रूपकले विवरण सुनाएका थिए ।
घर हस्तान्तरण कार्यक्रममा दर्जीलार्इ विभिन्न ब्यक्तिहरूले सहयाेग रकमसमेत प्रदान गरेका थिए । अशाेक दर्जीलार्इ घर हस्तान्तरण गर्ने कार्यक्रममा सहभागि हुन काठमाडाैँबाट दमक पुगेका पत्रकार घमलाले २५ हजार रूपैयाँ सहयाेग गरेका छन् । कार्यक्रममा दमक सहित देशका बिभिन्न ठाउँहरूबाट हजाराैँकाे सङ्ख्यामा दर्शकहरू पुगेका थिए ।
झापाको दमक-२ निवासी बाल गायक दर्जी मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययनरत छन् । यसअघि उनी साेही स्कुलकै होस्टेलमा बस्दै आएका थिए ।
हेर्नुहाेस घर हस्तान्तरण कार्यक्रममा देखिएका केही दृश्यहरू
https://youtu.be/r3qciQeymT8