बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ
सुर्खेत । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन छन् । पुन होटल सञ्चालकसमेत हुन् ।
उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिनुभयोे । पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुव्र्यवहार गर्ने गरेको पाइएको छ । राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ सङ्ख्यामा छन् ।—