बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गुल्मीमा गाई काटेर खाएको आरोपमा २ युवा पक्राउ
मनोज कार्की
गुल्मी । गाई काटेर मासु खाएको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बानिएको गाई दुईजना मिलेर जङ्गलमा ल्याइ काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक पुर्षोतम प्रसाद पाण्डेले फेयर नेपाललाई जानकारी दिए ।
गाईको मासु काटेर घर –घरमा लगेको र टाउको र छाला गाडेर छाडेको अवस्थामा फेला पारेको पारेको प्रहरी नायब निरीक्षक पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरु खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जेठ १६ गतेका दिन गुल्मीको मालिका गाउँपालिकाको वडा नं -२ पाटाखर्कमा एक हल गोरु घनको प्रयोगमा मारी काटेर पित्त झिकेको आरोपमा एक जना युवा सहित ३ जना नाबालक प्रहरीद्वारा पक्राउ परि सकेका छन् । ०००