सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो, हेर्नुस् कसकाे कति पुग्याे ?

काठमाडाैं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

कसको कति पुग्यो?

पद हालको तलब बढेको तलब अबको तलब
मुख्य सचिव ६५१३६ २००० ६७१३६
सचिव ६०६७६ २००० ६२६७६
सह-सचिव ४७३७७ २००० ४९३७७
उप-सचिव ४०३८० २००० ४२३८०
शाखा अधिकृत ३५९९० २००० ३७९९०
नायब सुब्बा (अतिरिक्त तलबमान) ३०८१६ २००० ३२८१६
नायब सुब्बा २८२०० २००० ३०२००
खरिदार अतिरिक्त तलबमान २७५६४ २००० २९५६४
खरिदार २६६०४ २००० २८६०४
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *