हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आमाको सम्मानमा डीआरले ल्याए विश्व कीर्तिमानी गीत
काठमाडौं । मातातीर्थ औंशीको अवसर पारेर विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक गरेका छन् ।
गीत संगीतमै ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल यी पहिलो नेपाली गीतकार यो गीतबाट पनि हालै विश्व रेकर्ड बनाएका थिए । यो गीतमा सबै भन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ ।
उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न चर्चित वल्र्ड रेकर्ड गीत संगीत, साहित्यको ५२ विधामा बनाएका हुन् । यसरी विश्व रेकर्ड बनाएपछि यो गीतको लिरिकल भिडियो उनले यतीबेला युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
यो गीतलाई कृष्ण कार्कीले गाएका छन् । जसमा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को अवसर पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक गरिएको गीतकार उपाध्यायले बताएका छन् ।
गीतको भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनबाट रिलिज गरिएको छ ।