काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…

भारतमा लगातार चौथो दिन चार लाख बढी सङ्क्रमित थपिए
काठमाडौं । भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार लाख तीन हजार ७३८ जना सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड २२ लाख ९६ हजार ४१४ पुगेको छ । शनिबार एकैदिन तीन लाख ८६ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ८३ लाख १७ हजार ४०४ जना कोरोनामुक्त भएका हुन् । भारतमा हाल ३७ लाख ३६ हजार ६४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको यो लगातार दोस्रो दिन हो । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट दुई लाख ४२ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै १८ लाख ६५ हजार ४२८ जनाको परीक्षण गरिएको छ । हालसम्म १६ करोड ९४ लाख ३९ हजार ६६३ जनाले खोप लगाएका छन् ।