What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाली कांग्रेस गुल्मीकाे पार्टी कार्यालयमा आइसोलेसन कक्ष
What To Know
- कौरव खत्री.
- नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जिल्ला सदरमुकाम तम्घासमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकता अनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ ।.
कौरव खत्री
गुल्मी । नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।
नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जिल्ला सदरमुकाम तम्घासमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकता अनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ ।
जिल्लामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पार्टी सभापति श्रेष्ठले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गदै नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो ।
साथै पार्टी सभापति श्रेष्ठले कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि पार्टी कार्यालय उपलब्ध गराउने भन्दै सम्बन्धित पक्षलाई आवश्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।