नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोना संक्रमित सांसदले मत कसरी हाल्छन् ?
काठमाडौं । सरकारले कोरोना संक्रमित सांसदका लागि छुट्टै मतदानस्थको व्यवस्था गर्ने तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सोमबारका लागि प्रतिनिधिसभाको विशेष अधिवेश आह्वान गरेकी छिन् । उक्त अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यतालिका छ ।
उक्त प्रयोजनका लागि संक्रमित सांसदले कसरी मतदान गर्न मिल्छ भन्नेबारे शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । छलफलका क्रममा संक्रमित सांसदलाई छुट्टै मतदानस्थल बनाउनेबारे तयारी भएको छ ।
अधिवेशनकै लागि गरिएको सांसदहरुको कोरोना परीक्षणबाट शनिबार साँझसम्म २६ जना सांसदमा संक्रमण पुष्टि भइसकेको छ । ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ ।