छत्रकाेट गाउँपालिकाद्वारा अक्सिजनसहितकाे १४ वेड आइसोलेसन तयार

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले १४ वेडको आइसोलेसन तयार गरेको छ । जिल्लामा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि कोभिड व्यवस्थापनका लागि गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन वेडसहितको सेवा शुरु गरेको हो ।

वडा नम्ब्।र ४ को पीपलनेटामा पूरानो प्रहरी चौकी बसको भवनमा सबैभन्दा धेरै ६ वेड तयार गरिएको छ भने सोही वडाको लक्ष्मी मा वि दिगाम बोहामा २ वेड तयार गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नम्बर ६, १ र २ मा स्वास्थ्य चौकी भवनको कोठामा २/२ वेडको आइसोलेसन कक्ष सञ्चालन भएको छ ।

कारोना रोकथामका लागि विभिन्न सञ्चार माध्यमहरुबाट सन्देशमूलक सामाग्री प्रसारणका साथै सबै वडामा माइकिङ गरी सचेतना फैलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले समुदायस्तरमा कोरोना फैलिन शिक्षकरुलाई पनि परिचालन गर्ने गरी कार्यक्रम तय गरेको छ । होम क्वारेन्टाइनमा बस्नेहरुलाई सल्लाह, उत्साह र प्रेरणादिन प्रधानाध्यापकको संयोजकत्वमा शिक्षकहरुलाई आआफ्नो ब्लकस्तरमा खटाएको छ ।

महिला स्वयं सेवेकाहरुलाई सचेतनाका लागि घरदैलो कार्यक्रममा खटाइएको गाउँपालिकाले सूचनामार्फत जानकारी गराएको छ ।

आवस्यकता अनुसार आइसोलेसन वेड थप तथा अक्सिजन सिलिन्डर खरिल गर्ने पनि गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेद्याज्ञाको पूणर् पालना गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।
कोभिड-१९ को एन्टिजेन निःशुल्क परीक्षण गरिएको पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *