नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

क्रिकेट रंगशाला निर्माणको लागि “निलुवा समाज चमुवा जापान” को आर्थिक सहयोग
काैरव खत्री
गुल्मी। जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि निलुवा समाज चमुवा जापानले आर्थिक सहयोग प्रदान गरेकाे छ । बागलुङको गल्कोट नगरपालिका वडा न ४ चमुवा स्थायी बसोवास भई हाल रोजगारी र अध्ययनको शिलशिलामा जापान रहेकाहरुको साझा सामाजिक संस्था निलुवा समाज चमुवा जापानले नगद १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकाे हो ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणधिन एतिहासिक नेपालकै गौरवको आयोजना निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग स्वरुप कुर्सी अबधारणा अन्तरगत आफ्नो नामको कुर्सी राख्नका लागि निलुवा समाज चमुवा जापानले आफ्नो सस्था स्थापना भएको वर्ष २०१५ लाई आधार मानी रंगशालामा निर्माण हुँदै गरेको २०१५ नम्बरको कुर्सीलाई आफ्नो नाममा नामकारण गरिएको समाजका संरक्षक तथा संस्थापक अध्यक्ष भोजेन्द्र सुवेदीले जानाकारी दिनुभयो ।
निलुवा समाज चमुवा जापानका सल्लाहकार मोहन सुवेदी ,भरतपुर महानगरपालिका वडा न ५ का अध्यक्ष पदम सुवेदी लगायतको उपस्थितिमा धुर्मुस सुन्तली फाउन्डेसन लाई रकम हस्तान्तरण गरिएको हो ।